भारतको १५औँ प्रधानमन्त्रीका रुपमा भाजपा नेता मोदीद्वारा सपथग्रहण


भारतको १५औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले बिहीबार सपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले उहाँलाई सपथग्रहण गराउनुभएको हो । हालै सम्पन्न १७ औँ लोकसभा निर्वाचनपछि मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले अत्यधिक बहुमत ल्याएकाले मोदीले सरकार गठन गर्नु भएको हो । प्रधानमन्त्रीका रुपमा ६८ बर्षीय मोदीको यो दोस्रो कार्यकाल हो । सपथग्रहण समारोहमा शिर्ष नेता, विदेशी अतिथिलगायत आमन्त्रित विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए । विश्वका विभिन्न देशका नेताहरुलाई आमन्त्रण गर्नेक्रममा मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी वङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रका सरकार प्रमुखलाई उक्त सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गर्नु भएको थियो । बिमस्टेकमा भारतसहित नेपाल, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् । यस पटकको सपथग्रहण समारोहमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, बेलायत लगायतका देशका विभिन्न पार्टीका नेताहरुलाई पनि बोलाइएको थियो । सन् २०१४ को निर्वाचनमा २८२ सिट जितेर सरकार बनाएको भारतीय जनता पार्टीले अहिले त्यो भन्दा बढी ३०३ सिट ल्याएर फेरी सरकार गठन गरेको हो । कुल ५४३ सिट मध्ये भाजपा नेतृत्वको गठबन्धनले भने ३५३ सिट जित्न सफल भएको छ । प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय काँग्रेस भने नराम्रोसँग खुम्चिएको छ ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई