सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन जना पक्राउ   


 

काठमाडौँ, २ चैत (रासस) ः
नेपाल प्रहरीको साइबर ब्युरोले सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन जनालाई पक्राउ गरेको छ । साइबर ब्युरो भोटाहिटीबाट खटिएको टोलीले नेशनल सफ्टवेयर एण्ड आइटी सोलुशन प्रालि कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोर्ड र युजर इन्टरफेस हुबहु नक्कल गरी सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन जनालाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रिफेस टेक्नोलोजी प्रालि बुटवलका सञ्चालकत्रय दाङका ३९ वर्षीय विमल केसी, रुपन्देहीका ४० वर्षीय श्यामबहादुर चौधरी र पूर्वी नवलपरासीका ३६ वर्षीय शङ्कर ज्ञावाली रहेका छन् । ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले प्रिफेस टेक्नोलोजी प्रालिले नेशनल सफ्टवेयर एण्ड आइटी सोलुशन प्रालि कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोर्ड र युजर इन्टरफेस नक्कल गरी बिक्री वितरण गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जनालाई चैत १ गतेको काठमाडौँ जिल्ला अदालतको आदेशले छ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रवक्ता अर्यालले बताउनुभयो । अन्य सञ्चालक फरार रहेकाले खोजी कार्य भइरहेको ब्युरोले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस  
एनसेलको फोरजीका प्रयोगकर्ता घट्दै, नेपाल टेलिकमको बढदै

–समुन्द्रा घिमिरे, काठमाडौँ, १४ साउन (रासस) ः पछिल्लो समय नेपालमा फोरजीका ग्राहक घट्न थालेका छन्

नेपाल टेलिकमले उच्च गतिको ताररहित इन्टरनेट सेवा एफटिटिएच सेवा वितरण

डोटी, २५ असार (रासस) : पछिल्लो समय जिल्लामा इन्टरनेटको माग बढेसँगै जोरायल गाउँपालिका–२ बुडर बजार

टेलिकमको २२ प्रतिशत सरकारी सेयर सर्वसाधारणलाई बिक्री गरिँदै

काठमाडौ जेठ २२ : सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नम्बर ४२८ मा नेपाल दूरसञ्चार

नेपाल टेलिकमको आम्दानीमा सुधार हुँदै

काठमाडौँ, ३० वैशाख : नेपाल टेलिकमले चालु आवको तेस्रो त्रैमासमा आफ्नो आम्दानीमा वृद्धि गर्न सफल

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई