दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने पक्राउ


काठमाडौँ,  ः
नेपाल प्रहरीले दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बाग्लुङ गलकोट नगरपालिका–२ का कमल सुनारले एउटै नागरिकता नम्बरमा दुईवटा नाम राखी सरकारी कार्यालयमा पेश गरेर दुरुपयोग गरी सेवा लिएको आरोपमा  काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कामा कमल थापा नाम राखी दोहोरो नागरिकता लिएर दुरुपयोग गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ परेका सुनारले कमल थापाको नामबाट सरकारी कार्यालयमा नागरिकता पेश गरी सेवा लिएको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता पन्तले बताउनुभयो ।

पक्राउ सुनारसँग प्रहरीले नागरिकता दुई थान, राहदानी एक थान, मोबाइल एक थान, जन्मदर्ताको प्रमाणपत्र एक थान, नाता प्रमाणितको सक्कल प्रमाणपत्र एक थान, कर्जा सूचना उपलब्ध गराइदिने बारेको पत्र चार थान, कमल थापाको नाममा बिल दुई थान बरामद गरेको छ । यस्तै कमल थापाको नाममा रहेको विभिन्न बैंकको चेक दुई थान र रबर स्टाम्पसमेत बरामद गरेको ब्यूरोले जनाएको छ ।  RSS
–––

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ-सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेसको ढोक्सामा परेन माछा, एमालेका कुमार दसौंदी निर्वाचित

दाङ, माघ २६ । लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी

एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई