टुटल, पठाओलाई ऐनमा समेटिँदै


काठमाडौँ, १७ जेठ (रासस) ः सरकारले टुटल, पठाओलगायतका दुईपाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन र यात्रु सुरक्षाको विषय ऐनमा समेट्ने भएको छ । करीब दुई वर्ष पहिलेदेखि दुईपाङ्ग्रे सवारीसाधनले भाडामा यात्रु ओसार्दै आए पनि तिनलाई सञ्चालन, व्यवस्थापन र नियमन गर्ने कानून थिएन । यातायात व्यवस्था ऐन संशोधनका क्रममा रहेकाले त्यसले टुटल र पठाओलाई पनि सम्बोधन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । ती सवारीले यात्रुलाई सुविधा दिए पनि सुरक्षाका हिसाबले ढुक्क हुन नसकिएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो । उहाँका अनुसार हाल सञ्चालनमा रहेका यी दुई सेवा प्रदायक संस्थाले सुरक्षाको दाबी गरे पनि आश्वस्त हुन नसकिएकाले कानून बनाउन लागिएको हो । दुर्घटनाको क्षतिपूर्ति, यात्रुको बीमालगायतका विषय ऐनले समेट्ने उहाँले जानकारी दिनुभयो । “अहिले छिटो गन्तव्यमा पु¥याउने भएकाले लोकप्रिय साधन बनिरहेको छ”, उहाँले भन्नुभयो, “ऐनले नै यात्रुको सुरक्षाका केही आधार बनाएपछि त्यसकै आधारमा सरकारले नियमन गर्न सक्छ ।” नेपालमा रातो नम्बर प्लेटका र दुईपाङ्ग्रे सवारी साधनले सार्वजनिक सवारीले जसरी भाडा लिएर यात्रु बोक्न नमिल्ने भन्दै केही समय पहिले मन्त्रालयले रोक लगाएको थियो । केही महीना पहिले ट्राफिक प्रहरीले विभिन्न स्थानमा छड्के जाँच र कारवाही थाले पनि अहिले ती सवारी नियमित सञ्चालनमा छन् । धेरैले ती सेवा प्रदायकलाई बन्द नगरी नियमन गर्नुपर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई