ओली सरकार पाँच वर्ष निरन्तर चल्ने माधव नेपालको घोषणा

१८ जेठ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्रको आन्तरिक शक्तिसन्तुलनमा प्रभाव पार्ने गरी आफ्नो कित्ता स्पस्ट पार्नुभएको छ । बीचमा बसेर सधैँ सरकारको बारेमा असन्तुष्टिमात्र पोखेको भन्दै आरोप लागिरहेको सन्दर्भमा नेता नेपालले सरकारबारे स्पष्ट अभिव्यक्ति दिएका दिनुभएको हो ।
वहाँले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म नै चल्ने घोषणा गर्दै भन्नुभयो जनताले स्थिर सरकारका लागि मत दिएका हुन, बर्तमान सरकारलाई कसैले खल्बल्याउन सक्तैन । त्यसले विकासको गति अवरुद्ध हुन्छ’, प्राध्यापक डा. आर के शाहद्वारा लिखित पब्लिक इकोनोमिक पुस्तक लोर्कापण कार्यक्रममा शुक्रबार नेपालले उक्त कुरा भन्नुभएको हो ।
नेपालले अहिलेको अवस्थामा पार्टीमा फुट ल्याउने विषयहरु कसैले पनि उठाउन नहुने बताउनु भयो । बहाले तुलनात्मक रुपमा आर्थिक वर्षको बजेट राम्रो बनेको टिप्पणी समेत गर्नुभयो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा २०७५ सालको जेठ २ गते भएको सहमतिको बुदाँ नम्बर ४ मा उल्लेख भएको ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ भन्ने बिषयमा मुख खोलेका खोलेपछी र
नेकपाका सचिवालय सदस्य बामदेव गौतमले शुक्रबार नै गृहजिल्ला प्यूठानमा सहमति अनुसार ओलीले दाहाललाई सत्ता हस्तान्तरण नगरे एकीकरण प्रक्रियामा समस्या हुने अभिब्यक्ति दिएपछी नेता नेपालको भनाइ आएको हो ।