चीन–अमेरिका व्यापार विवाद चुलिँदै, चीनद्वारा केही अमेरिकी कम्पनीलाई कालो सूचीमा राख्दै


चीन–अमेरिका व्यापार विवाद समाधानको सङ्केत आउने अपेक्षा विश्व समुदाय र सम्बन्धित देशका व्यवसायीलेसमेत गरिरहेका समय विवाद थप चर्किने सङ्केत देखापरेको छ ।

अमेरिकाले चिनियाँ टेलिकम कम्पनी हुवावेलाई लक्षित गर्दै विवादलाई बढाएको र अमेरिकाले चीन निर्यात हुने थप सामानमा करवृद्धि गर्ने निर्णयसँगै चीनले ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमाथि थप कर वृद्धि गर्ने यस पहिले नै गरेको छ । उक्त करवृद्धि शनिबारदेखि लागु हनेछ । तर यसको एक दिन पहिले चीनले ‘अविश्वसनीय’ विदेशी कम्पनी र व्यक्तिलाई कालो सूचीमा राख्ने निर्णय पनि गरेको छ । अमेरिकी बाणिज्य विभागले चिनियाँ कम्पनी हुवावेलाई अविश्वसनीय कम्पनीका रूपमा राखिसकेको छ । बदलामा चीनको बाणिज्य मन्त्रालयले शुक्रबार घोषणा गरेको छ, “चीनले पनि ‘अविश्वसनीय कम्पनी तथा व्यक्ति’को सूची छिट्टै सार्वजनिक गर्नेछ ।” विदेश मन्त्रालयका प्रवक्ता केओ फेङले भन्नुभयो, “चीनको उक्त सूचीमा विदेशी उद्योग, संगठन तथा व्यक्ति, जसले चिनियाँ बजारको नियमलाई पालना गरेका छैनन्, लाई चीनमा गतिविधि सञ्चालन गर्नबाट रोक लगाउनसक्ने गरी निर्णय गर्नेछ ।” “चिनियाँ कानून र नियम बमोजिम, चीनले ’अविश्वसनीय एकाइ सूची’ खडा गर्ने छ जसमा बजारको नियमको पालना नगर्ने, सम्झौता विपरीत काम गर्ने, व्यापारिक उद्देश्य बाहेकका अन्य लक्ष्य लिएकाहरूले चिनियाँ कम्पनीमाथि नाकाबन्दी र आपूर्ति विच्छेद गरेर चिनियाँ कम्पनीको आधिकारिक हक अधिकारमा गम्भीर क्षति पुर्याएका विदेशी व्यवसाय, संगठन वा व्यक्तिलाई नै समावेश गराइने छ । सम्बद्ध ठोस कदम छोटो समयमै सार्वजनिक गरिने छ ।” प्रमाण विनाको अवस्थामा अमेरिकाले केही चिनियाँ कम्पनीहरूलाई निर्यात नियन्त्रण एकाइ सूचीमा समावेश गराएकोले चीनले बाध्य भएर जवाफी प्रतिरोध कदम चालेको हो । “आफ्नो वैधानिक हक अधिकारको संरक्षण गर्ने चीनको यस्तो गतिविधि अप्रत्यासित होइन,” चीनले भनेको छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई