दोस्रो लहर रोकथाम गर्न सरकारले गर्नुपर्ने ५ वटा काम र नागरिकले गर्नुपर्ने एउटा काम : जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे


दोस्रो लहर रोकथाम गर्न सरकारले गर्नुपर्ने ५ वटा काम र नागरिकले गर्नुपर्ने एउटा काम
कोरोना महामारीको कारण नेपालमा लकडाउन भएको आज १ बर्ष पुरा भएको छ | बिगत १ बर्ष हाम्रो लागि निकै प्रत्युत्पादक बन्यो | सरकार तथा आम नागरिकको लागि यो स्तरको महामारी पहिलो अनुभव थियो | सरकार र नागरिक दुबैले यो अबधिमा धेरै कुरा सिकेका छौं, अनुभव हासिल गरेका छौं | त्यहि सिकाइ र अनुभवलाई दोस्रो लहर रोकथामको लागि सरकारले ५ वटा काम युद्धस्तरमा गर्नुपर्दछ |
१. सिमा नाका तथा विमानस्थलमा चेकजांच कडाइ गर्ने, परीक्षण गर्ने, संक्रमित व्यक्तिलाई आइसोलेसनमा राख्ने, शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्ने तथा अन्य व्यक्तिलाई होम क्वारेन्टिनमा बस्ने गरि घर पठाउने |
२. कन्ट्याक्ट ट्रेसिंगलाई चुस्त र प्रभावकारी बनाउने |
३. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउने, त्यसको निगरानी तथा अनुगमन गर्ने |
४. भारत, चीन, रुस, बेलायत, अमेरिका लगायतका देशसंग उच्चस्तरबाट पहल गरेर पुग्ने खोपको प्रबन्ध गर्ने |
५. लकडाउन तथा निषेधाज्ञा नगर्ने बातावरण मिलाउने |
.
आम नागरिकले एउटा काम अनिबार्य गर्नुपर्दछ |
.
१. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने ( सहि तरिकाले नाकमुख छोप्ने गरि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हात धुने / स्यानिटाइज गर्ने, खुला तथा भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने, भ्रम र हल्लाको पछि नलाग्ने, धेरै डर नमान्ने तथा सरकारले जारी गरेका निर्देशिका पालना गर्ने ) |
प्रतिक्रिया दिनुहोस