जिउँदैमा कसैको आँखामा आँशु ल्याएनन् तर निधनपछि सबैको आँखामा आँशु ल्याएकाले रवीन्द्रप्रति देश र पार्टी गर्व गर्दछ : प्रम ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको एक समारोहबीच शुभारम्भ गर्नुभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय सांसदमा निर्वाचित हुनुभएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री रहँदा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गरेर फर्कने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी २०७५ फागुन १५ गते निधन हुनुभएको थियो । उहाँको जन्म विसं २०२६ वैशाख २२ गते पोखरामा भएको थियो । उहाँको स्मृतिमा सामाजिक क्षेत्रका साथै विकास निर्माण लगायतका कार्य गर्ने उद्देश्यले सो प्रतिष्ठानको स्थापना भएको हो । सो प्रतिष्ठानलाई सरकारकोतर्फबाट रु एक करोड उपलब्ध गराउने घोषणा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “रवीन्द्रको स्मृतिलाई ताजै राख्न, राष्ट्रलाई समृद्ध, विकसित र जनतालाई सुखी बनाउने आकाङ्क्षालाई पूरा गर्न सो प्रतिष्ठानको स्थापना भएको हो ।” रवीन्द्रको अधुरो सपनालाई साकार पार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो प्रतिष्ठानलाई जीवन्त राख्नका लागि सक्रियतापूर्वक योजनाबद्ध ढङ्गले देश, जनतालाई सर्वोपरी राखेर कार्य गर्नुपर्ने र प्रतिष्ठानलाई राजनीतिक विवादबाट पृथक राख्नका लागि सचेतसमेत गराउनुभयो । विसं २०३९ देखि बच्चै अवस्थामा रहँदा आपूmले रवीन्द्रलाई चिनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “कार्यकर्ता, केन्द्रीय नेता र मन्त्रीका रुपमा कार्य गर्दा रवीन्द्रमा कहिले पनि असमझारी, आक्रोश, रिस नदेखिएको र उहाँ सदैव मुस्कुराइरहने, प्रशन्नचित व्यक्तिका धनी हुनुहुन्थ्यो ।” स्वच्छ आचरण, कर्मठ क्रियाशील, अनुशासित र इमान्दार पार्टीको कार्यकर्ताका रुपमा रहेको रवीन्द्रको सम्बन्धमा नेकपाका अध्यक्षसमेत रहनुभएका ओलीले उहाँ देश र जनताप्रति समर्पित, चिन्तक, विश्लेषक र लेखन नेताका रुपमा पनि परिचित हुनुहुन्थ्यो । सुशासन र विकासको चरणमा मुलुक प्रवेश गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नकारात्मक सोच्ने, जुनसुकै कुराको विरोध गर्ने, सकारात्मक प्रयासलाई पनि दूषित बनाउने देखिएको तर, सकारात्मक सोचाइ राख्ने रवीन्द्र दृढ, स्पष्ट, गतिशील र कार्यप्रति समर्पित व्यक्तिका धनी हुनुहुन्थ्यो ।” सरकारी कामको सिलसिलामा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गरी फर्कने क्रममा दुखद् घटनाको स्मरण गर्दा प्रधानमन्त्री भावुक हुँदै भन्नुभयो, “वर्षौंसम्म मन्त्री भएर गर्न नसकेको काम एक वर्षमै गरेका रवीन्द्रले आफ्ना पाइलको पद चिह्न छोडेको जो वर्षौंसम्म कायम रहनेछ ।” वाइडबडीको काण्ड रवीन्द्र मन्त्री बन्नुभन्दा पहिलेको घटना रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “क्षुद्रमतिका मानिस र केही संस्थाले पोलेको, आफूले निर्दोषलाई निर्दोष भन्न नपाउने तर, क्षुद्रमतिले निर्दोषलाई दोषी भन्न पाउने ? प्रतिप्रश्न गर्नुभयो ।” उहाँले जिउँदैमा कसैको आँखामा आँशु ल्याएनन् तर निधनपछि सबैको आँखामा आँशु ल्याएकाले रवीन्द्रप्रति देश र पार्टी गर्व गर्दछ, भन्नुभयो । मदन भण्डारीले दिनुभएको बहुदलीय जनवादको विचारले पार्टी अगाडि बढेर सफलता प्राप्त गरेको भन्नुहुँदै नेकपा पार्टीका अध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो, “मदन भण्डारीले विपरीत अवस्थामा प्रतिकूलतालाई चिर्दै पार्टीलाई सङ्गठित र सक्षम बनाएकै कारण कारण आज दुई तिहाइको हाराहारीमा पार्टी पुगेको छ ।”

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई