स्व रबिन्द्र अधिकारीको श्रीमती विद्या भट्टराई भन्नुहुन्छ “पीडालाई कसरी सम्बोधन गर्ने भनेर लागि परेका छौं “


प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको एक समारोहबीच शुभारम्भ गर्नुभएको छ । कार्यक्रममा स्व रवीन्द्र अधिकारीका श्रीमती एवं सो प्रतिष्ठानकी तदर्थ समितिका अध्यक्ष विद्या भट्टराईले यस्तो दुखद् घडीको अवस्थाबाट गुज्रनुपर्ने विषयमा कहिले पनि नसोचेको उल्लेख गर्दै प्रतिष्ठानको माध्यमबाट रवीन्द्रको सपनालाई पूरा गर्न सदैव समर्पित भएर कार्य गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।
अधिकारीले देखेको सपना र हिँडेको बाटोलाई सँगै लिएर जाने काम प्रतिष्ठानले गर्ने विद्याले बताउनु भयो । ‘कसैले कल्पना नगरेको, नसोचेको घटना घट्यो, अब त्यो पीडालाई कसरी सम्बोधन गर्ने भनेर लागि परेका छौं,’ विद्याले भन्नुभयो ‘समृद्ध नेपाली, सुखी नेपाली निर्माणको नारा लिएर हिँडेका रवीन्द्र अधिकारीको सपना, सोचलाई लिएर हिँड्ने काम प्रतिष्ठानले गर्ने छ । प्रधानमन्त्रीको उद्घोष पूरा गर्न लागिपरेका रवीन्द्रको योजनालाई अगाडि बढाउने छौं ।’

रवीन्द्र अधिकारीको बाल्यकालदेखि राजनीतिक अवस्थाका साथै उहाँ हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका फागुन १५ गतेका दिन तेह्रथुम डाँडामा दिनुभएको अन्तिम भाषणबाट प्रधानमन्त्री ओलीदेखि मञ्चमा आसिनका साथै सभागृहमा उपस्थित जनसमुदाय वृत्तचित्र हेरेर भावुक भएका थिए भने कतिपयको आँखा रसाएका थिए ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई