पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा काङ्ग्रेस नेताको जोड


नेपाली काङ्ग्रेसका नेताहरुले पार्टीभित्रको एकता अहिले अपरिहार्य भएको बताएका छन् । पार्टीभित्रै एकता नभए फेरि पनि काङ्गेस पछि पर्नुपर्ने अवस्था आउने उनीहरुको भनाइ छ । राष्ट्रिय जनजागरण अभियानअन्तर्गत नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीले शनिबार भूमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेताले यस्तो बताएका हुन् । नेता डा शेखर कोइरालाले पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको महाधिवेशन समयमै गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । फरक प्रसङ्गमा नेता कोइरालाले ओली सरकार तानाशाही बन्दै गएको आरोप लगाउनुभयो । प्रेस स्वतन्त्रता, न्यायालयलगायतमा सरकारले हस्तक्षेप गरेको उहाँको भनाइ थियो । अर्का नेता अमरेशकुमार सिंहले पार्टीको महाधिवेशन लम्ब्याउने चलखेल भएको भन्दै म्याद थप नगरी महाधिवेशनमा जानुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टीमा समावेशी, समानुपातिक प्रतिनित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । नेता सिंहले नागरिकता विधेयक तत्काल टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्का नेता प्रदीप गिरीले एकजुट भएर काङ्ग्रेसलाई अघि बढाउन आवश्यक छ भन्नुभयो । –––

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई