रेलले किचेर एकै परिवारका दुईको मृत्यु


झापाको मेचीनगर नगरपालिका–७ स्थित काँकडभिट्टाका एउटै परिवारका दुईको रेल दुर्घटनामा परी मृत्यु भएको छ । शनिबार बिहान ११ बजे भारतको बाघपुल नजीक मङ्पुमा काँकडभिट्टा निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र उहाँका ११ वर्षीय छोरा रोहनको रेलले किचेर घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा इन्द्रका श्रीमती डम्बरकुमारी श्रेष्ठ घाइते अवस्थामा रहेको उनीहरुका छिमेकी पत्रकार लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । उहाँको शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको छ । उपचारका लागि डम्बरकुमारीलाई विराटनगरस्थित नोवेल मेडिकल कलेज भर्ना गरिएको इन्द्रका दाजु खेमराजले बताउनुभयो । उहाँका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित बुधबार इन्द्रको चार जनाको परिवार आफ्न्त भेटघाटका लागि मावली घर टिष्टा पुगेका थिए । बिहानको खाना खाएर रेलको लिक नजीकै रूखको फेदमा शीतल तापेर बसेका इन्द्रलाई तीव्र गतिमा आएको रेलले किचेको र श्रीमती डम्बरी बचाउन जाँदा कान्छो छोरासमेत सँगै पुगेको बताइएको छ । आमा गएको देखेर कान्छो छोरा रोहन पछिपछि कुदेर जाँदा रेलले उनलाई पनि किचेको थियो । जेठो छोरा भने केही पर रहेकाले दुघर्टनाबाट बच्न सफल भएको परिवारजनले जनाएको छ । मृतक रोहन काँकडभिट्टास्थित लोफोफोरस अङ्ग्रेजी मावि कक्षा ६ मा अध्ययरत रहेको प्रधानाध्यापक सागर गुरुङले बताउनुभयो । भारतीय प्रहरीले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाएको छ । भारतको एक मेडिकल कलेजमा शवपरीक्षणपश्चात् आज मात्र बाबुछोराको शव नेपाल ल्याइने भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले दुर्घटनामा मृत्यु भएको सुने पनि आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभयो । उहाँले भारतीय प्रहरीसँग बुझ्दा घटना भएको स्वीकार गर्दै आज शव नेपाल पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई