प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाको ट्वीट ‘ केही नेताकाे कुण्ठा र विखण्डनका पछि लाग्ने भूल कसैले नगराैं ‘


काठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले समानान्तर कमिटीहरुको घोषणाले माधव नेपाललाई अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्‍याउछ भन्नुभएको छ ।

सामाजिक सन्जाल ट्विटर आज बिहान ट्वीट गर्दै थापाले उक्त कुरा भन्नुभएको हो ।

एमालेले कार्वाही गरेको माधव नेपाल पक्षले गण्डकी, वागमती र सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी घोषणा गर्दै अन्य प्रदेशमा पनि कमिटीहरु घोषणाको प्रक्रिया अघि बढाएपछी थापाको ट्वीट आएको हो ।

थापाको ट्वीट

समानान्तर कमिटीहरूको घाेषणाले अन्तत: माओवादी र प्रचण्डकाे पाेल्टामा नै पु-याउने निश्चितप्रायःछ ।
नेकपा(एमाले),जबज र सूर्य चिन्हकाे पक्षमा गाेलबन्द भएर नै विभाजनकाे समस्या समाधान हुन्छ । जनता दुई कदम अगाडि स्पष्ट छन् । केही नेताकाे कुण्ठा र विखण्डनका पछि लाग्ने भूल कसैले नगराैं ।

प्रतिक्रिया दिनुहोस