रछ्यानमा कुखुराले कोट्याएको जस्तो नभइ आकाशमा कावा खाएर सम्पूर्ण नागरिकको हितमा काम गर्न सरकार प्रतिवद्ध रहेको छ : मन्त्री बास्कोटा


सिन्धुली : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया आलु प्याजको खेती नभइ विचारको खेती भएको बताउनुभएको हो ।
। प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले उक्त कुरा बताउनु भएको हो ।

वहाँले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पत्रकारको हितका लागि सरकार भन्दा पनि नागरिकप्रति जवाफदेही बनाउनका लागि ल्याएको दाबी गर्नु भयो । पत्रकारको पारिश्रमिकको ग्यारेन्टी गर्नका लागि र अराजकतालाई नियन्त्रण गर्न विधेयक ल्याएको जानकारी दिनु भयो।

बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । अर्को प्रसङ्गमा उहाँले अहिलेको बजेटले नेपालीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने बताउनुभयो ।
वाम चुनावी घोषणापत्रलाई आधार बनाएर अल्पकालीन र दीर्घकालीन विकासका अवधारणा अघि सारिएको बताउँदै उहाँले भन्नुभयो, “सामाजिक न्यायसहितको दु्रत आर्थिक विकासको नीति र समाजवादउन्मुख अर्थतन्त्रको आधारशिला बजेटले निर्माण गरेको छ, अब आत्मनिर्भर अर्थतन्त्रको माध्यमबाट राष्ट्रिय पूँजीको विकास गरी नेपालीलाई उन्नत समाजवादी दिशातर्फ अघि बढाउने सङ्कल्प हामीले लिएका छौँ ।”

शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा नीति र कार्यक्रम अघि सारी अब जीवनस्तर गुणात्मक सुधार गर्न बजेटले सम्बोधन गरेको उहाँको भनाइ थियो ।सरकार परिवर्तनको प्रसंगमा बोल्दै बाँस्कोटाले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । रछ्यानमा कुखुराले कोट्याएको जस्तो नभइ आकाशमा कावा खाएर सम्पूर्ण नागरिकको हितमा काम गर्न सरकार प्रतिवद्ध रहेको बाँस्कोटाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई