दुई मन्त्रीले दिए राजीनामा


गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिनु भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले राजीनामा दिनु भएको हो ।

गण्डकी प्रदेशका माओवादी संसदीय दलले आज सरकारबाट पछि हट्ने निर्णय गरेपछी दुई मन्त्रीले राजीनामा दिनु भएको हो ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाको समर्थनसहित नेकपा एमाले र माओवादीको २०७४ फागुनमा प्रदेश सरकार गठन भएको थियो । सरकार गठन गर्दा माओवादीलाई सभामुखसहित २ मन्त्रालय र एमालेलाइ मुख्यमन्त्री सहित ३ मन्त्रालय दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस