प्रदुषण खतरनाक मन्द बिष हो : जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे


प्रदुषण फेरी कहालीलाग्दो अवस्थामा पुगेको छ | यो छिट्टै हट्ने संकेत देखिएको छैन | कति राजनीतिका कुरा मात्र गर्ने ? प्रदुषण बिकराल भएको अवस्थामा अल्पकालीन रणनीतिमा सक्रिय तथा सधै दीर्घकालीन रणनीतिमा क्रियाशील हुनुको बिकल्प छैन | प्रदुषण खतरनाक मन्द बिष हो | हाम्रा बालबालिका, जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई प्रदुषणले दिन प्रतिदिन अस्वस्थ बनाइरहेको छ |
.
अहिलेको प्रदुषण हटाउनको लागि यी थोरै काम तत्काल गर्न सम्भव छ |
– जोर / बिजोर सवारीसाधन संचालन
– वर्क फ्रम होम
– हप्तामा २ दिन बिदा
– महिनाको एकपटक ‘ भेहिकल होली डे ‘ को ब्यबस्था
– अनलाइन प्रणालीको भरपुर उपयोग
– पोलिथिन प्रयोगमा निषेध
– फोहोरलगायत अन्य बस्तु जलाउन निषेध
– आगालागी गर्नेलाई कडा कारबाही
– ट्राफिक प्रहरी सक्रिय भएर शंकास्पद हरेक सवारी साधानको सडकमै प्रदुषण जांच अनि प्रदुषणमा फेल भएका सवारीसाधनमा जरिवाना
– इट्टाभट्टा लगायत प्रदुषण बढाउने कारखाना स्थानान्तरण
– अभियानको रुपमा सरसफाई र वृक्षारोपण
.
यो खालको प्रदुषणले
– मुटु र फोक्सोलाई बिरामी बनाउँछ |
– मुटु र फोक्सोलाई धपेडी गराउँछ |
– स्वाश्प्रश्वास प्रणालीका कोष नष्ट गर्छ |
– दम, ब्रोंकाइटिस तथा क्यान्सर गराउँछ |
– मुटु, फोक्सो तथा मष्तिस्कजन्य दीर्घरोगले मृत्यु गराउँछ |
– फोक्सोको क्यान्सर हुन्छ |
– फोक्सो ड्यामेज गराउँछ |
– मानसिक समस्या निम्त्याउँछ |
– गर्भवती, सुत्केरी तथा शिशुलाई निकै असर गर्छ |
– आयु घटाउँछ | आदि !!
…..
सकभर घरभित्र बसौं | बाहिर जाँदा चस्मा, मास्क, लाम्बाहुले कपडा, सनस्क्रिन लोसन तथा स्यानिताइजरको प्रयोग गरौँ !
प्रतिक्रिया दिनुहोस