सङ्गठनलाई मजबुत बनाए मात्र काङ्ग्रेस मुलुकमा बलियो हुन्छ् : काङ्ग्रेस प्रवक्ता शर्मा


नेपाली काङ्गे्सका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्गठनलाई मजबुत बनाए मात्र काङ्ग्रेस मुलुकमा बलियो हुने बताउनुभयो । पाल्पाको सदरमुकाम तानसेनमा काङ्ग्रेस जनजागरण प्रशिक्षणमूलक अभियानमा उहाँले सङ्गठनलाई मजबुत बनाउँदै जनताको पक्षमा जनलहर सिर्जना गर्न प्रशिक्षण महत्वपूर्ण रहेको बताउनुभयो ।

काङ्ग्रेस सरकारको समयमा मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन सम्पन्न भएपनि संविधान कार्यान्वयन गर्ने समयमा पार्टी प्रतिपक्षमा बस्नु परेकाले हुँदा यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

विसं २०४६ को पञ्चायत शासनपछि विकास निर्माणमा आमूल परिवर्तन गर्दै शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, खानेपानी लगायतका विकासका पूर्वाधारमा काङ्ग्रेस सरकारले मुलुकमा आमूल परिवर्तन गरेको उहाँले बताउनुभयो । राम्रा कामको जनता माझ प्रचारप्रसार गर्न नसक्दा काङ्ग्रेसलाई क्षति पुगेको प्रवक्ता शर्माको भनाइ छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनजागरण अभियानका प्रतिनिधि बालकृष्ण पाण्डेयले देशव्यापी रुपमा भएको जागरण अभियानले पार्टीलाई सशक्त बनाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई