सेकेन्डह्यान्ड मोवाइल किन्दै हुनुहुन्छ? सावधान! कतै चोरीको मोवाइल त हैन?


दिल्ली पुलिसले चोरीका मोवाइल बिक्री वितरणमा संलग्न गिरोहका सात सदस्यलाई पक्राउ गरे पछि दिल्लीमा चोरी गरिएका मोवाइलको बजार नेपाल भएको खुल्न आएको छ।

उक्त गिरोहले राजधानी दिल्लीको करोल बाग एरियामा अफिस खोलि उक्त आफिस मार्फत चोरीका मोवाइल संकलन गरि नेपालमा बिक्री वितरण गर्ने गरेको पाइएको छ। उक्त गिरोहको दिल्ली र दिल्ली आसपासका स्थानमा २० भन्दा बढी मोवाइल चोरी गर्ने समुहसंग सम्पर्क रहेको र तिनै समुह मार्फत चोरीका मोवाइल खरिद गरि नेपाली बजारमा बिक्री वितरण गर्दै आएको दिल्ली पुलिसले बताएको छ।

करोलबाग स्थित अफिसबाट काठमाडौंमा रहेका व्यक्तीसंग म्यासेन्जर, ह्वाट्एप मार्फत सम्पर्क गरि मुल्य तय गर्ने र काठमाडौं—दिल्ली रुटमा चल्ने बस मार्फत ति मोवाईल काठमाडौं पुर्याउने गरेको पाइएको छ। यसरी पठाइएका मोवाइल काठमाडौं स्थित खरिदकर्ताले नेपालका विभिन्न शहरमा बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ।

दिल्ली पुलिसले दिएको जानकारी अनुसार उक्त गिरोहले हरेक तिन चार दिनको अन्तरालमा १०० देखि १५० मोवाइल विभिन्न नाका मार्फत नेपाल पठाउने गरेको जनाएको छ। करिब डेढ साल देखि सक्रिय सो गिरोहले हाल सम्म १५ हजार भन्दा बढी चोरीका मोवाइल नेपालमा बिक्री गरि सकेको पाइएको छ। दिल्ली पुसिलले यो गिरोहबाट करिब ६० लाख भारु मूल्य बराबरको ३११ थान मोवाइल बरामत गरेको छ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई