शाहीलाई यातना नदिइएको, समर्थकले प्रहरीमाथी ढुङ्गामुडा गरेको प्रहरीको भनाइ


आफूलाई भ्रष्टाचार विरोधी अभियानकर्मी बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई हिरासतमा नराखेको प्रहरीले जनाएको छ ।

शाहीलाई पक्राउ पूर्जीबिना पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहेका बेला कर्णाली प्रदेश प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिँदै शाहीलाई हिरासतमा नराखेको बताएको हो । पक्राउ परे लगत्तै शाहीलाई हिरासतमा नराखेर काठमाडौँ पठाइएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक महेशविक्रम शाहले जानकारी दिनुभयो ।

गत वैशाख १८ गते सुर्खेतमा आयोजित आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै कर्णालीका पत्रकारलाई गालीगलौज गरेको भिडियो पोष्ट भएको थियो । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति र सुर्खेत शाखाका तर्फबाट प्रहरीमा जाहेरी दिइएको थियो ।

पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भन्दै अनलाइनमा अन्तरवार्ता दिएका शाहीलाई यही जेठ १५ गते सुर्खेतको वीरेन्द्रनगरको खुल्लामञ्चबाट प्रहरीले पक्राउ गरेको थियो । खुल्लामञ्चमा भइरहेको कार्यक्रम सम्पन्न भए लगत्तै पक्राउ पूर्जी दिएर शाहीलाई पक्राउ गरिएको र सो क्रममा उनका समर्थकले प्रहरीमाथि ढुङ्गामुडा गरेको प्रहरी नायब निरीक्षक शाहले बताउनुभयो । शाहीका समर्थकले प्रहार गरेको ढुङ्गा लागेर छ जना प्रहरीसहित शाही पनि घाइते भएका प्रहरीले जनाएको छ । शाहीलाई खुल्लामञ्चबाट पक्राउ गरेर ल्याएपछि प्रहरी निरीक्षकको कक्षमा राखेर सोधपुछ गरिएको तर कुनै किसिमको यातना नदिइएको उहाँले बताउनुभयो । पक्राउ लगत्तै शाहीलाई मेडिकल जाँचपछि सिधै काठमाडौँको रात्रि बसमा राखेर आवश्यक कारवाहीका लागि पठाइएको शाहले जानकारी दिनुभयो ।

शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हबल्दार प्रकाश बुढा र जवान रामसागर बर्मा, जीतबहादुर बोहरा, पवन सुवेदी र हस्तसिंह घाइते भएका प्रहरीले जनाएको छ । शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ सुर्खेतका प्रेम विक, दीपक शाही, सिंजा जुम्लाका हिक्मत खत्री, मदन शाही, कोहलपुर बाँकेकी मेनुका भुषाल र रजिना परियारलाई पक्राउ गरेको थियो । शाहीसँगै पक्राउ परेकाहरुलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई