“काङ्ग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा उभिन्छ”- प्रवक्ता शर्मा
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस सधै प्रेस स्वतन्त्रताको पक्षमा उभिने जनाउनु भएको छ। काङ्ग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ गुल्मीले संयुक्त रुपमा आज सदरमुकाम तम्घासमा आयोजना गरेको आमसभामा प्रवक्ता शर्माले आफ्नो पार्टी सरकारले ल्याएको सञ्चारसम्बन्धी विधेयकको विपक्षमा भएको बताउनुभयो ।
उहाँले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको अहम् भूमिका निर्वाह गरेको स्मरण गर्दै राजनीतिमा भएका कमीकमजोरी औँल्याउन पत्रकारहरुलाई आग्रह गर्नु भयो। पत्रकारले कमीकमजोरी नऔँल्याए राजनीति र समाज सुध्रिन नसक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङग बस्नेत, पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।