सोमबार १० अर्ब बराबरको टे«जरी बिल बिक्री हुने


काठमाडौँ, ३० चैत (रासस) ः
नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको टे«जरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको टे«जरी बिल विक्री गर्न लागिएको जनाएको छ ।

त्यसमा रु आठ अर्ब बराबरको टे«जरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब २५ करोडको टे«जरी बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत रु २१ अर्ब १० करोड बराबरको टे«जरी बिल विक्री गरेको थियो । —

प्रतिक्रिया दिनुहोस