जेठ २० देखि २६ गतेसम्मका लागि विद्यालय बन्द


अत्यधिक गर्मी बढेपछि धनगढी उप–महानगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् ।

दिन प्रतिदिन बढ्दै गएको गर्मीले विद्यार्थीको पठनपाठन र आवतजावतमा समस्या भएको भन्दै धनगढी उपमहानगरपालिकाले आज आइतबारबाट एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जेठ २० देखि २६ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको सो कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । धनगढी उपमहानगरपालिका शिक्षा शाखाप्रमुख विष्णुप्रसाद कोइरालाले शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम ८५ (३) बमोजिम हिउँदे वा बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिन पाउने व्यवस्था रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई