पोष्ट खबर फ्याक्ट चेक – सञ्चारमन्त्रीले अमेरिकामा पत्रकारलाई मृत्युदण्ड दिइन्छ भनेकै हुन् त ?


केही समयअघि सञ्चारमन्त्री सम्बन्धी एउटा समाचार भाइरल भयो । समाचारमा लेखिएको थियो, ‘सञ्चारकर्मी गोकुल बाँस्कोटाले अमेरिकामा पत्रकारलाई मृत्युदण्ड दिने कानुन रहेको बताए ।’

के साँच्चिकै मन्त्री बाँस्कोटाले त्यस्तो बताएको हो त ? के अमेरिकामा पत्रकारलाई मृत्युदण्ड दिने कानुन साँच्चिकै छ त ?

सौराहामा नेपाल टेलिकमको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सञ्चारकर्मीले भनेका थिए , ‘अमेरिकामा पत्रकारिताको बर्को ओडेर कसैले आतंकवादलाई टेवा पु¥याउने काम गर्छ भने त्यस्ता मानिसमाथि आतंकवाद नियन्त्रण गर्ने कानुन लागू गराइन्छ ।’

उनले त्यस्तो भनेको कुरा पत्रिका र अनलाईनले ‘मिसकोट’ गरे र ‘मन्त्री बाँस्कोटाले अमेरिकामा पत्रकारलाई मृत्युदण्ड दिइन्छ भने भनेर अफवाह फैलाए ।

अमेरिकामा के छ व्यवस्था ?

पत्रकारलाई मृत्युदण्ड दिने कानुन अमेरिकामा छैन । त्यहाँ मृत्युदण्ड दिने व्यवस्था चाहिँ छ । यदी कुनै आतंकवादीले पत्रकारितालाई ढाल बनायो भने उसलाई मृत्युदण्ड दिइन्छ ।

हेर्नुस् १९ जेठ गते अनलाइन खवरलाई मन्त्री बास्कोटाले दिएको अन्तर्वाता अंश-

सिरिया र इराकमा केही समयअघिसम्म खालिफा (धार्मिक राज्य) सञ्चालन गर्दै आएको आतंकवादी समूह आइएसआइएसले थुप्रै पत्रपत्रिका निकाल्थ्यो । ‘डाबिक’ नाम गरेको म्यागजिन अंग्रेजी भाषामा निकाल्थ्यो । ती पत्रपत्रिकामा सुन्नी मुसलमानबाहेक अरूलाई कसरी मार्ने, कसरी यातना दिने, आत्मघाती विष्फोट कसरी गराउने, विधर्मीहरूलाई कसरी दासदासी बनाउने, दासीलाई कसरी भोग गर्ने जस्ता ‘टिप्स’ दिइएका हुन्थे ।

आइएसआइएसमा थुप्रै अमेरिकी नागरिक पनि संलग्न थिए । तिनीहरूमध्ये केही आइएसआइएसको प्रकाशन विभागमा सक्रिय थिए ।

अब ती पत्रपत्रिकामा काम गर्ने कसैलाई अमेरिकी सुरक्षाकर्मीले पक्राउ गरे भने अमेरिकी कानुनले ‘स्वनियमनमार्फत आफै सुध्रिदै जाउ’ भनेर उनीहरूलाई छोडिदिन्छ कि ग्वान्तानामोको बन्दीगृहमा लगेर थुन्छ ?

आतंकवादी क्रियाकलापमा संलग्न मानिसलाई केरकार, यातना र सजाय दिन भनेर ग्वान्तानामो टापुमा अमेरिकाले बन्दीगृह सञ्चालन गरेको छ । त्यस्ता मानिसलाई मृत्युदण्ड दिने कानुन अमेरिकामा छ । आइएसआइएसका लागि पत्रकारिता गर्नेलाई पत्रकारितासम्बन्धी नभई आतंकवादसम्बन्धी कानुन लागू गरि सजाय दिने नियम अमेरिकामा छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई