ठूलो भूकम्प आउँछ भनेर सर्वसाधारणलाई त्रसित बनाउने कथित ज्योतिषी अर्जुन क्षेत्री गिरफ्तार

२१ जेष्ठ २०७६, काठमाडौं : नेपालमा ठूलो भूकम्प आउँछ भनेर सर्वसाधारणलाई त्रसित बनाउने युवा ज्योतिषी अर्जुन क्षेत्री गिरफ्तार भएका छन ।
उनलाई मंगलबार काठमाडौंको गौशालाबाट पक्राउ गरिएको हो । उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको हो ।