किन पछि हटे अमेरिकी राजदुत बेरी?

सामाजिक संजाल मार्फत जनतासंग प्रत्यक्ष रुपमा जोडिने उद्धेश्यका साथ नेपालका लागि अमेरिकी राजदुत र्याण्डी बेरीले प्रत्येक सोमबार नियमित “गफगाफ” को कार्यक्रम गर्ने उद्घोष गरेका थिए। समाजिक संजालमा भएका आफ्ना ४० लाख फलोअरसंग व्यक्तीगतरुपमा “गफगाफ” सम्भव नभएकाले समाजिक संजालको साहारा लिँदै समाजिक संजालमा अन्तरकृया गर्ने उनले ट्विट मार्फत जनाएका थिए।
विदेशी नियोगका कर्मचारीले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने गतिविधीमा केहि समय देखि कमि भएको महशुस गरि रहेको नेपाली समाज राजदुत बेरीको उक्त घोषणाले एकाएक तरङ्गित भयो भने राजनीतिक बृत समेत नराम्रोसंग झस्किएको थियो।
मन्त्री देखि संबैधानिक निकायमा नियुक्तीका लागि विदेशी प्रभुसंग आर्शिवाद लिन दुताबास लर्के लागेर जाने प्रबृति देखेर हुर्केको नेपाली समाजले केपी शर्मा ओली प्रधानमन्त्री भए पश्चात यस्ता गतिविधीमा कमि आएको प्रत्यक्ष महसुस गरि रहेको बेलामा राजदुत बेरीको उक्त सक्रियतालाई शंकाको दृष्टीले हेरेको थियो। राजदुत बेरीको यो बेमैसमको सक्रियताले फेरी देशको राजनीति विदेशी शक्तीको चक्र व्यूहमा फस्ने त हैन भन्ने आशंका उत्पन्न गरायो। हालसालै राजदुत बेरीले राजनीतिक बृतमा विवादित नै भए पनि संसदमा विचाराधिन मिडिया काउन्सिल विधेयकमा हस्तक्षेपकारी भुमिका खेल्ने उद्धेश्यले नेतालाई नसिहत दिने अर्थको ट्विट गरे देखिनै उनले नेपालको आन्तरिक मामलामा सक्रियता बढाउने खोजेको अनुभव नेपाली जनताको मानसपटलमा ताजै रहेको अवस्थामा राजदुत बेरीले समाजिक संजाल चलाउन खोजेको “कचहरी” लाई नेपाली समाजले निहालेर हेरको थियो।
विगतमा अमेरिकी राजदुतहरुलाई मुलाधारका केहि पत्रिका, टेलिभिजन च्यानलले आन्तरिक मामलामा बोल्न स्पेस दिने गरेकोले राजदुतको उक्त घोषणाको आमसंचारमा माध्यममा खासै विरोध भएन। आम संचार माध्यमले उनको कार्यक्रमलाई “पर्व“को रुपमा प्रचारबाजी गरेपनि देश प्रेमले ओतप्रेत राष्ट्रवादी नेपाली जनताले राजदुतको सक्रियता भियना सन्धी विपरित भएको भन्दै समाजिक संजालमा चर्को विरोध गरेका थिए । राजदुत बेरीको उक्त घोषणा पछि सरकारले पनि राजदुत बेरीसंग स्पष्टिकरण लिई उनलाई कुटनीतिक मर्यादा उल्लंघन नगर्न नसिहत दिएको थियो ।
आमजनताको चर्को विरोध र सरकारको कडा रुप पछि राजदुत बेरीलाई आफ्नो साख बचाउनु बाहेक अन्य विकल्प थिएन, त्यसैले उनले कार्यक्रमको शैलिनै परिर्वतन गरि दिए। राजदुतको सुरुवाति उत्साह र दुताबास निकट पत्रकारहरु प्रचारशैलि हेर्दा राजदुत बेरीले समाजिक संजालमा लाइभ कार्यक्रम संचालन गर्दैछन भन्ने बुझ्न गाह्रो थिएन। तर राजदुत बेरीको पछिल्ला दुई “गफगाफ”का कार्यक्रम हेर्दा अब यो कार्यक्रम फगत साख बचाउनको लागि गरिएको कर्मकाण्डमा समित भएको बुझ्न त्यति धेरै दिमाग खियाँइ रहनु पर्दैन।
राजदुत बेरीको कार्यक्रमको नाम “गफगाफ” दिएता पनि पछिल्ला दुई कार्यक्रमको ढाँचा हेर्दा यो कार्यक्रमलाई “गफगाफ” भन्न सकिने अवस्था भने छैन। राजदुत निकट पत्रकार, शुभचिन्तकहरु ले संकलन गरेका प्रश्नको भिडियो दुतबास पुर्याइ तिनै प्रश्नको जवाफ रेकर्ड गरि राजदुत बेरीले हाल लाई “गफगाफ” चलाइ रहेका छन। राजदुत बेरीले आफ्नो साख बचाउन यस्तो कर्मकाण्डी पाराको कार्यक्रमलाई कतिन्जेल निरन्तरता दिन्छन यो भने भविश्यले नै बताउला।