वैचारीक स्पष्टता भएकाहरू लाई गणितको होईन राजनितीको चिन्ता हुन्छ : विजय अधिकारी


हामी कमजोर मुटु र छोटो चित्त भएका मान्छे होईनौं । बाम गठबन्धन -एकता हुँदै माघ २३ र त्यो यता आजसम्म निकै हदसम्म अन्तरघुलन भएकै हो ! त्यसैको परिणाम एमालेका केही साथीहरू प्रचण्ड निकट र त्यसैगरी माओबादि केन्द्रका केहि साथीहरू ओली निकट भएका छौं । पक्षधरताको हिसाबले यसलाई अस्वभाविक मान्न सकिन्न ! बामपंथी नै हौं हामी !

टुटफुटको ईतिहासलाई धुलिसात पार्ने हाम्रो चाहनालाई गम्भीरतापूर्वक कुठाराघात भएकै हो ! यसमा मुख्य रुपमा नेतृत्वको हिसाबले तत्कालीन नेकपा अध्यक्ष द्वय र हामी सम्पूर्ण पार्टी पंक्ति जिम्मेवार छौं ! रह्यो कुरा को कति पानी माथी ओभानो – जनताको कठघरामा फैसला हुनेनै छ ! कुनै खास समर्थन वा विरोध गर्नु छैन हामीलाई अब ! जनमतले देखाउने छ को ठिक र को बेठिक !

ध्रुवीकरण भईसकेको छ , ध्रुवीकरण हुनुपुर्वको अन्तरघुलनले हाम्रा सहयात्री हरुमा फेरबदल भएको छ ! आन्दोलन यउटै हो – लक्ष्य एउटै हो ! तर तत्कालीन नेकपामा शैद्धान्तिक – बैचारिक प्रष्टिकरण थिएन !

टालटुले जज आयो – हामीलाई मनदेखि स्विकार्न गाह्रो भयो ! जनताको बहुदलीय जनबाद हाम्रो प्राण थियो ! विचार शिद्धान्त र संगठन तथा नेतृत्वको विषयमा एकमुष्ट हलको लागि महाधिवेशन नै निर्विकल्प विकल्प थियो – तर ती सबैलाई निस्तेज पार्ने गरि आन्तरिक गुटबन्दी , खास खास समयमा पार्टी तथा सरकारको नेतृत्व गरिसकेका शिर्ष नेतागणहरुको नितान्त व्यक्तिगत महत्वकांक्षाको नियोजित परिणति १९ बुँदे प्रस्ताव र त्यसको पक्षमा बनेको पार्टी हित विपरितको , अपराधपुर्ण समिकरण पार्टी विभाजनको खास कारक बनेको प्रष्ट छ !

१९ बुँदेका तत्कालीन पक्षहरुमा बैचारिक नभई स्वार्थको मेल थियो भन्ने कुरा सर्वोच्चको फैसला पश्चात ५ टाउका ३ दिशा फर्कनुले प्रष्ट पारेको छ । बैचारिक स्पष्टता भएकाहरुलाई गणितको होईन राजनितीको चिन्ता हुन्छ । किनकि गणितले राजनीति होईन राजनीतिले गणितको निर्धारण गर्छ । यो बुझ्न नसक्नु र निहित स्वार्थका लागि फुटाउ र राज गर भन्ने कन्सपिरेन्सिमा जिउने हरुका कारण आजको पुर्ववत: अवस्थामा पार्टीहरु आएका हुन ।

त्यसकारण अब हामीले आ-आफ्ना मन मिल्ने-मिल्नेहरु एकातर्फ र नमिल्ने हरु अर्कोतर्फ हुनुको विकल्प रहेन । आ-आफ्नो विचार नीति शिद्धान्त कार्यदिशा तथा कार्यक्रम लिएर जनतामाझ जानू हाम्रो अभिभारा हो ! फेरिपनि जनताको फैसला नै हो : एउटा राजनीतिक दलको लागि निर्वाचन नै हो , मतदान नै हो जनताबाट माया , विश्वास वा सद्भाव प्राप्त छ वा छैन ? लोकप्रिय छ वा छैन ? भनेर परिक्षण गर्ने कठघरा !

हामी कमजोर मुटु भएका मान्छे हैनौ ! हाम्रो छोटो चित्त र अल्पबुद्धि छैन भने, साँच्चै हामी यदि शाहसि रक्तबिज जनताका सिपाही हौं , पहरेदार हौं भने , बामपंथी हौ भने जनताको विश्वास लिन किन्चित किन डराउने ? निर्वाचनमा जाँउ ! जनतालाई सोधौं को कति पानी माथी ओभानो ? परिक्षण गरौं : परीक्षा दिन डराउने विद्यार्थी कहिल्यै परिक्षामा सफल हुन्छ भन्ने कल्पना गर्न सकिन्न । परीक्षा नदिएसम्म परिक्षार्थिको खास क्षमता/खुबीको पहिचान पनि हुँदैन । नविराउनु नडराउनु भनेर त्यत्तिकै भनिएको छैन , यदि विराम गरेको छैन भने डराउनुपर्ने कुनै कारण छैन !

अहिलेको संसदिय गणित र राजनीतिका खेलहरुले फेरि पनि मुलुकले एक थान प्रधानमन्त्री त पाउला तर निकास पाउने छैन । अस्थिरताको पुनरागमन हुनेछ ! किनभने नेकपा एमालेको विकल्पमा बन्ने सम्भावित समिकरण माओबादि-काङ्ग्रेस-जसपाको यदि सरकार बन्यो भने पनि त्यो टिक्दैन । सरकार बनाउन एमालेको विकल्प यदि चाहेको हो भने यी ३ दल एक हुनुपर्ने बाध्यता छ !

सरकारको पक्षधर संसद संख्या त्यस्तै २-४ जना बढि हुने हो र नेपाली संसदिय अभ्यासमा फ्लोर क्रस जस्ता अपराधिक घटनाको पुनरागमन कर्णाली प्रदेशको प्रदेश सभामा एमालेकै , प्रगतिशील बामपंथी हौं भन्नेहरुले नै आफ्नै दलको ह्विपको उलंघन गरेर नयाँ गणतान्त्रिक नेपालमा पनि यो सम्भब छ भनेर देखाईसकेका छन् !

संसदमा ३१ वटा विधेयक विचाराधीन छन् । दलको सदस्यता त्यागेका सभामुखको भुमिका तटस्थ हुनुपर्नेमा त्यस्तो देखिएको छैन भन्ने जनगुनासो छ । अब यथास्थितिमा यो संसदले निकास दिन सक्दैन , त्यसकारण संसद विघटन जायज थियो भन्ने कुरा पुष्टि भएको छ !

फेरिपनि राजनीतिक स्थिरता विकास र निकासको लागि , अत्यावश्यक विधि बिधान/ ऐन नियम कानुन निर्माणका लागि मध्यावधि निर्वाचन भन्दा अन्य तौर तरिकाले कुनै पनि हालतमा सम्भब छैन । अहिलेको गणितले देशले निकास पाउदैन । समस्याको हल हुनेवाला पनि छैन । सदन विजनेस विहिन भईसकेको छ ।

रोचक कुरा त के छ भने सदनलाई कोमामा तिनिहरु पुर्याउदैछन् – जस्ले विघटित संसद पुनस्थापना हुँदा जितको जश्न मनाए , लड्डु खाए ! सडकमा ३ हात माथि उफ्रिए ! सदन सुचारु हुँदा खुसि हुनुपर्ने तिनिहरुले पहिलो दिनमै बहिस्कार गरे ! त्यसपछि पनि न त सदनलाई प्रभावकारी बनाउने भुमिका खेले न त सरकारको विकल्प दिन नै सके : न त कुनै विधेयक उपर छलफलनै चलाउने छाँटकाँट देखाए !

– विजय अधिकारी ( लेखक राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा नेकपा एमाले काभ्रेका जिल्ला सदस्य हुन।

प्रतिक्रिया दिनुहोस