प्रधानमन्त्री ओलीले दिउँसो साढे ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने,४ बजे आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बस्दै


 

काठमाडौँ, २० वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीले दिउँसो साढे ३ बजे सम्बोधन गर्न लाग्नु भएको हो । नेपाल टेलिभिजनबाट सम्बोधनको प्रत्यक्ष प्रसारण हुने बताइएको छ। सम्बोधन लगतै आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाईएको छ । आज ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेका हो ।

प्रतिक्रिया दिनुहोस