पत्रकारको नाकको हड्डी भाँच्ने धम्की दिने मेयरलाई आत्माआलोचना गर्न नेकपाका नेता योगेश भट्टराईको आग्रह

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीका पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँच्ने धम्की दिएको समाचार बिभिन्न पत्रपत्रीकामा आएपछी नेकपाका नेता योगेश भट्टराईले मेयर द्वारिकलाल चौधरीलाई आत्माआलोचना गर्न फेसबुकवाट अनुरोध गरेका छन ।

पत्रपत्रीकामा मेयर द्वारिकलाल चौधरीले इटहरीका पत्रकार विराट अनुपमलाई फोनमार्फत् उनले नाकको हड्डी भाँचिदिन्छु भन्दै धम्क्याएका र उनले आफूले त्यसको लागि एक करोड रुपैयाँ छुट्याएको बताएको समाचार आएपछी सामाजिक सन्जालमा मेयरको व्यापक आलोचना भएको थियो ।

योगेश भट्टराई लेख्छन “ईटहरी उपमहानगर पालिकाका मेयर द्वारीक चौधरीलाई अनुरोध
म द्वारीकजीको हकी स्वभाब, प्रस्ट बक्ता र इमान्दारिताको पहिलेदेखि कै प्रशंसक हुँ ।
तर केहि दिन यता वहाँले पत्रकार र अन्य कतिपय ब्यक्तिहरुका बारेमा सार्वजनिक भएका अभिब्यक्ति स्वयम् वहाँले धारण गर्नुभएको सार्वजनिक पद, वहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी ( नेकपा) र स्वयम् वहाँको राजनीतिक उचाइका लागि कदापी सुहाउंदैन ।
तसर्थ आफ्ना भनाईप्रति सार्वजनिक रुपमा अात्मलोचना गरी पदीय गरिमा र पार्टीको प्रतिस्ठाप्रति सचेत रहन मेयर द्वारीक चौधरीलाई म बिनम्र अनुरोध गर्दछु ।”
