प्रम ओली युरोप जानुअघि नै मन्त्रीमण्डल हेरफेरको तयारी

काठमाडौं – मन्त्रिमण्डलको फेरबदलको हल्ला धेरै अघि देखि चलि आएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणमा जानुअघि नै मन्त्रीमण्डल हेरफेर गर्ने तयारीमा गर्नुभएको बताइएको छ ।
यस विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल भएको छ। केहि मन्त्रीको जिम्मेवारी फेरबदल हुने, केहिलाई बिदा गरिने तथा केहि नयाँ अनुहार थपिने तयारी भइरहेको सुत्रले बताएको छ।
ओली यही २५ गते एकसाता लामो भ्रमणका लागि युरोप जाँदै हुनुहुन्छ । मन्त्रीमण्डलमा जनार्दन शर्मा , योगेश भट्टराई, खगराज अधिकारी लगायतलाई सामेल गर्ने तयारी भएको स्रोतले बतायो ।