एमाले सांसद माधवकुमार नेपालको ट्विट : अध्यक्ष केपी ओलीसँग अहिले सम्म कुनै सहमति भएको छैन


काठमाडौँ, २४ वैशाख : नेकपा एमाले सांसद माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग कुनै सहमति नभएको प्रष्ट पार्नुभएको छ ।

सामाजिक संजाल ट्विटरमा केहीबेर अगाडि ट्विट गर्दै उहाले उक्त कुरा बताउनु भएको छ ।

ट्विटमा भनिएको छ, हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन ।२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

प्रतिक्रिया दिनुहोस