एमाले सांसद माधवकुमार नेपालले स्टाटस लेख्दै प्रधानमन्त्री ओलीसँग यस्तो गरे आह्वान


काठमाडौँ, २५ वैशाख : नेकपा एमाले सांसद माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलत बाटोबाट गरिने  नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्नुभएको छ ।

नेपालले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो आह्वान गर्नुभएको हो ।

सांसद नेपालको स्टाटस

कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अत: गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।

प्रतिक्रिया दिनुहोस