भिडन्तमा १४ जना आतङ्की मारिए


कायरो, २३ जेठ: इजिप्टको सिनाईमा सरकारी फौजमाथिको आक्रमणमा संलग्न रहेका शंकास्पद १४ जना आतङ्ककारी मारिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा आरिश शहरमा आक्रमण गरी भागेका आतङ्ककारी नै मारिएको उल्लेख छ ।

उनीहरु अल–मासाइद जिल्लास्थित एक खाली घरमा लुकेर बसेको अवस्थामा भेटिएको सुरक्षाफौजले जनाएको छ । उक्त घर खानतलासी गर्नेक्रममा सुरक्षाफौज र आतङ्ककारीबीच गोली हानाहान भएको थियो । सैनिक प्रवक्ताले घटनास्थलबाट ठूलो परिमाणमा गोलीगठ्ठा, मेसिनगन र विस्फोटक पदार्थ भेटिएको दाबी गरेका छन् । बुधबार बिहान उत्तरी सिनाईको आरिश नगरको एक सुरक्षा जाँच पोष्टमा आतङ्ककारीले गरेको आक्रमणमा आठ जना सुरक्षाकर्मीको ज्यान गएको थियो । दोहोरो भिडन्तमा पाँच जना आतङ्कीको पनि मृत्यु भएको थियो । पछिल्ला केही वर्षदेखि इजिप्टको सिनाई आसपास आतङ्ककारी आक्रमण हुन थालेका छन् । विद्रोहीको आक्रमणबाट सयौं प्रहरी र सेनाको ज्यान गइसकेको छ । यी आक्रमणहरु सिनाईमा रहेका इस्लामिक स्टेट सम्बद्ध लडाकूले गरेको बताइएको छ । सन् २०१८ को फेब्रुअरीमा सरकारी सेनाले उत्तरी सिनाईलाई केन्द्रित गरी भिषण सैन्य कारबाही थालेको थियो । यसक्रममा कम्तीमा ७०० लडाकूको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई