जेठ २५ देखि स्थानीय पाठ्यक्रम लागू


मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा यही जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।

नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कूल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको ‘परिचय’ नामक स्थानीय पाठ्यक्रम लागू गर्ने भएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । आगामी २५ गते पर्ने सांस्कृतिक पर्व सिठी नखःका अवसर पारेर त्यस दिन नगर क्षेत्रका सबै विद्यालयले आआफ्नो विद्यालय नजिकैका पानीका मुहान, इनार, धाराको सरसफाइ गर्दै व्यावहारिक रुपमै स्थानीय पाठ्यक्रम लागू गर्ने भएको उहाँले जानकारी दिनुभयो । नेपालका स्थानीय तहमध्ये आफ्नै स्थानीय पाठ्यक्रम लागू गर्ने मध्यपुरथिमि नगरपालिका दोस्रो नगरपालिका भएको उहाँको भनाइ छ । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले शिक्षाविद् एवं प्राध्यापक रामकृष्ण दुवालको संयोजकत्वमा बालप्रमी स्कूलका प्रधानाध्यापक चरणकेशरी श्रेष्ठ र अमिनिटी स्कूलका प्रिन्सिपल सूर्यबहादुर भण्डारी सदस्य रहनेगरी स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरेको थियो । मध्यपुरथिमिका शिक्षा शाखा प्रमुख बालकृष्ण गैरेले पहिलोपटक कक्षा ६ मा स्थानीय पाठ्यक्रम लागू हुने जानकारी दिनुभयो ।

उहाँले आगामी वर्ष कक्षा १ र कक्षा ७ मा समेत स्थानीय पाठ्यक्रम लागू गर्ने बताउनुभयो । स्थानीय पाठ्यक्रम निर्माणका लागि मध्यपुरथिमिमा चार चरणको छलफल र अन्तक्र्रिया पछि स्थानीय पाठ्यक्रम लागू हुने भएको भक्तपुर प्याब्सनका अध्यक्ष चन्द्र अधिकारीले बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाभित्रका महत्वपूर्ण १० वटा क्षेत्रलाई समेटेर तयार पारेको पाठ्यक्रमले मध्यपुरथिमिको पहिचानलाई अझै बढाउने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई