बहुमतले बजेट पारित


प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘विनियोजन विधेयक, २०७६ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो ।

सो विधेयकमाथि यही जेठ २७ गतेदेखि आगामी असार ६ गतेसम्म छलफल हुनेछ । सभामुख कृष्णबहादुर महराले दलीय प्रतिनिधित्वका आधारमा छलफल हुने जानकारी दिनुभयो । उक्त विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले कृषि क्षेत्रको विकासका लागि सरकारले रासायनिक मल आयातलाई थप सहज बनाउन लागिपरेको बताउनुभयो । रासायनिक मल आयातलाई व्यवस्थित बनाउन सरकारले सरकार–सरकार (जिटुजी) अवधारणामा काम गर्ने तयारी गरेको समेत उहाँको भनाइ थियो । अर्थमन्त्रीले बजेट मौलिक हक कार्यान्वयन गर्ने गरी तय गरिएको जानकारी दिनुभयो ।

विधेयकमाथि सांसद प्रेम सुवाल, पार्वती डिसी चौधरीलगायतले बोल्नुभएको थियो । त्यसअघि डा खतिवडाले ‘विनियोजन विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौंँ संशोधन ) विधेयक, २०७६’ प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २७ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई