टेलिकमले ल्यायो एकमहिने ‘लकडाउन स्टे कनेक्टेड’ अफर, मात्र ३९ रुपियाँमा दिनभर अनलिमिटेड डाटा चलाऊन मिल्ने


काठमाडौँ, ३० वैशाख : कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यले नेपाल टेलिकमले भोलीबाट एक महिने अफर दिएको छ ।

वैशाख ३१ देखि लागु हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर दिने जानकारी गराएको हो ।

टेलिकमले अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपियाँमा उपलब्ध गराउने भएको छ ।

उक्त डाटा प्याकको सि्पड १ एमबीपीएससम्म हुनेछ । यो अफर २४ घण्टासम्म चलाउन पाइने छ ।

दैनिक रुपमा एक पटक प्याक खरिद गरी बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म डाटा प्रयोग गर्न पाउने जनाएको छ । मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने समेत जनाएको छ ।

दुई सय देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराउने टेलिकमले जनाएको छ । उक्त डाटा २ दिनभित्र प्रयोग गर्न पर्ने समयसीमा तोकेको छ ।

यसै गरी ५०० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइनेछ र उक्त डाटा ४ दिनभित्र प्रयोग गरी सक्नु पर्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई