नेपाल टेलिकमको आम्दानीमा सुधार हुँदै


काठमाडौँ, ३० वैशाख : नेपाल टेलिकमले चालु आवको तेस्रो त्रैमासमा आफ्नो आम्दानीमा वृद्धि गर्न सफल भएको छ । कम्पनीले बिहीबार प्रकाशित गरेको चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले ग्राहकहरुमार्फत २७ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा उसले २६ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको थियो जुन २.२९ प्रतिशतले बढेको हो।

उसको अन्य आम्दानी भने केहि घटेको छ। यस अवधिमा कम्पनीले लगानी बढाएको देखिएको छ, गत वर्षको तुलनामा कम्पनीले १० प्रतिशतले लगानी बढाएर ६१ अर्ब ८६ करोड रुपैयाँ पुर्याएको छ।

यस अवधिमा कम्पनीको सञ्चालन तथा मर्मत खर्च भने बढेको छ। गत वर्षको तुलनामा यस्तो खर्च १३ प्रतिशतले बढेर ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अघिल्लो आवको पहिलो त्रैमासमा लकडाउनले निकै ठूलो असर पारेको र दोस्रो त्रैमासमा त्यसको प्रभाव देखिएपनि तेस्रो त्रैमासले राम्रो संकेत देखाएको बताउनु भयो । लकडाउन र आर्थिक गतिविधी कम भईरहेको भएपनी यसमा उल्लेख्य आम्दानी बढाउन सफल बताउदै यसमा थप सुधार गर्ने प्रयास गरिरहेका उहाले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस  
नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढ्यो   

काठमाडौँ, ७ असोज (रासस) ः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

२० अर्ब ७६ करोडको निर्यात हुँदा एक खर्ब ३० अर्बको व्यापार घाटा   

काठमाडौँ, ७ असोज (रासस) ः चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु व्यापार घाटामा ७०.६

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोर जी सेवा पुर्याएको छ : सह–प्रवक्ता रञ्जित लौहिया

पोखरा, ३१ भदौ : नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको

४३ स्थानमा खाद्य कम्पनीको सुपथ मूल्य पसल ,   चामल, दाल, चिउरा, पिठो र तेलमा रु पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रु १० छुट

काठमाडौँ, ३० भदौ (रासस) : सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई