जापानी प्रधानमन्त्रीले अमेरिका, फ्रान्स र क्यानाडाको भ्रमण गर्ने


टोकियो, २५ चैत: जापानका प्रधानमन्त्री शिन्जो आबेले यसै महिना संयुक्तराज्य अमेरिका, क्यानाडा र फ्रान्सको भ्रमण गर्नुहुने भएको छ ।

जापानले यसै वर्ष औद्योगिक राष्ट्रहरुको समूह (जी–२०) को बैठक गर्दैछ । आगामी अप्रिल २२ देखि २९ सम्म हुने यस भ्रमणका क्रममा प्रधानमन्त्री आबेले इटाली, बेल्जियम र स्लोभाकियाको पनि संक्षिप्त भ्रमण गर्नुहुने जापानको विदेश मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले अमेरिका र जापानबीचको व्यापारका बारेमा पनि छलफल हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको असन्तुलित व्यापारलाई सही मार्गमा ल्याउन द्वीपक्षीय सम्झौता गर्न चाहनुभएको छ । उहाँले वार्तामा कुनै सहमति नजुटे जापानी कारहरुमा करबृद्धि गर्ने चेतावनी दिइसक्नु भएको छ । प्रधानमन्त्री आबेले जापानको ओशाकामा हुने जी–२० सम्मेलनलाई सफल बनाउन भ्रमण गर्न लागेको बताउनुभयो । यो सम्मेलन आगामी जुन २८ र २९ तारिखमा हुँदैछ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आगामी मे मा जापानको भ्रमण गर्ने सम्भावना रहेको छ । आगामी मे १ तारिखमा जापानमा नयाँ सम्राट नारुहितोले राजगद्दी ग्रहण गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई