डेङ्गुका कारण २८ को मृत्यु, हजारौं विरामी


कोलम्बो, २३ जेठ:श्रीलङ्कामा यस बर्षको पहिलो पाँच महिनामा डेङ्गुका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ । रोग नियन्त्रण तथा रोकथाम इकाईले बिहीबार दिएको जानकारी अनुसार यही अवधिमा डेङ्गुकै कारण अरु १८ हजार जना विरामी भएका छन् ।

गत मे ३१ तारिखसम्म प्राप्त विवरण अनुसार विरामी हुनेमा १८ हजार ७६० जना रहेका छन् । विरामीमध्ये सवैभन्दा धेरै कोलम्बो जिल्लामा रहेका छन् । कोलम्बोमा मात्रै चार हजार ६६ जना विरामी भएका छन् । कोलम्बोपछि दोस्रो धेरै विरामी गाम्फाहमा भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार गाम्पाहमा दुई हजार ४८० विरामी भएको अधिकारीहरूले जनाएका छन् । तेस्रो धेरै विरामी भएका जाफ्नामा भने एक हजार ८८७ जना विरामी भएको रोग नियन्त्रण तथा रोकथाम इकाइको तथ्याङ्कमा उल्लेख छ । चिकित्सकहरुले उच्च ज्वरो, अनियन्त्रित वान्ता, असह्य पिडा, कमजोरी महशुस हुने लगायतका लक्षण देखिए तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न वा चिकित्सकहरुको सल्लाह लिन आग्रह गरेका छन् । “ज्वरो सम्वन्धी सवै विरामीलाई आरामको आवश्यकता पर्दछ, विद्यालय तथा कार्यालय लगायतका भीडभाड भएका ठाउँमा जानुहुदैन,” एक चिकित्सकले भने । श्रीलङ्कामा डेङ्गुकै कारण गत बर्ष ५० जनाको मृत्यु भएको थियो भने ४८ हजार जना विरामी भएका थिए ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई