ज्यान मार्ने उद्योगका आरोपीलाई छुटाउन नेपाली कांग्रेसको भातृ संगठनको प्रदर्शन


नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको जिल्ला उपाध्यक्ष राधाकृष्ण भण्डारी उर्फ राधेको पक्राउको विरोध गर्दै तरुण दल, धादिङले प्रदर्शन गरेको छ ।

स्थानीय प्रहरीका अनुसार राधेलाई ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा बिहिवार पक्राउ गरिएको हो। उनको साथबाट छुरा समेत बरामद गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारका अनुसार गजुरी गाउँपालिका–२ ताल्ती जाने बाटोमा स्थानीयहरुसँग झगडा गरिरहेको अवस्थामा राधे र उनका सहयोगीहरू सुजन लामा, विमल ठकुरी, काजी शाक्य, समीर थापा लाई समेतलाई पक्राउ गरिएको हो ।

ूप्रहरीहरुमाथि नै जाइलागेपछि हामीले पक्राउ गरेका हौँ, प्रहरी हवल्दार लालमणि शिवाकोटीको युनिफर्म च्यातिएको छ भने उनी घाइते समेत भएका छन् । उनीहरुको साथबाट एक थान छुरी पनि बरामद भएको छ,’ बैदवारले भनेका छन् ।

पिकनिक खाएर फर्किरहेका स्थानीयसंग धारामा फोहोर गरेको विषयमा विवाद हुँदा राधेको समूहले हातहतियार देखाउँदै स्थानिय महिला र बालबालिका माथि अभद्र व्यवहार गरेको, घटना थाहा पाइ घटनास्थलमा पुगेको प्रहरीलाई समेत राधेको समुहले कुटपिट गरेको प्रहरी प्रमुख बैदवारको भनाइ छ ।

उता तरुण दल जिल्ला समितिले विज्ञप्ती जारी गर्दै उपाध्यक्ष लगायत आफ्ना कार्यकर्तालाई २४ घण्टा भित्र रिहा गर्न चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई