जयशंकरले दिए भूटानी प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता


थिम्पु, भुटान, २४ जेठ: भारतका विदेशमन्त्री एस जयशङ्करले भूटानका प्रधानमन्त्री लोटाय शेरिङलाई भारत भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ । विदेशमन्त्री भएपछिको पहिलो विदेश भ्रमणका क्रममा भूटान आउनुभएका जयशङ्करले शुक्रबार प्रधानमन्त्रीलाई निमन्त्रणा गर्नुभएको हो ।

भेटपछि ट्वीट गर्दै उहाँले दुई पक्षीय हित र साझेदारीका विषयमा भेटवार्ता उपलब्धिमुलक नै भएको उल्लेख गर्नुभएको छ । उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भूटानी समकक्षीलाई निमन्त्रणा पत्र दिएको पनि ट्वीटर मार्फत् जानकारी दिनुभएको हो । भूटान विमेस्टेक राष्ट्रहरूको सदस्य भएकाले गत मे ३० मा भएको प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा भुटानी प्रधानमन्त्री पनि सहभागी हुनुभएको थियो । गत मे ३१ तारिखका दिन भारतको विदेश मन्त्रालयको जिम्मेवारी पाउनुभएका जयशङ्करले भूटान भ्रमणका क्रममा उहाँका समकक्षी डा. तान्डी दोर्जीलाई पनि भेट्नु भएको छ । उहाँहरुका बीचमा पनि आपसी हित, साझा चासो र संयुक्त क्रियाकलापहरुका बारेमा छलफल भएको अधिकारीहरुले जनाएका छन् ।

दुई दिने भ्रमणको शिलशिलामा भारतीय विदेशमन्त्री जयशङ्करले भूटानका राजा जिग्मे खेसर नाम्ग्येल वाङ्चुकलगायत अन्य विशिष्ट व्यक्तिहरुलाई पनि भेट्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई