पाएन मन्त्रीमण्डलले पुर्णता
काठमाडौं – प्रधानमन्त्रीको युरोप भ्रमण अघि मन्त्रीमण्डलको विस्तार गर्ने तयारी गरिए पनि मन्त्री पदका लागि पार्टी भित्र सहमति नबने पछि मन्त्रीमण्डलले पुर्णता पाउन सकेन। मन्त्री मण्डलको विस्तार तथा फेरबदल हुने हल्ला चले सँगै पार्टी भित्र मन्त्री पदका आकांक्षी बढेकाले नाममा सहमति हुन नसकेको पार्टी निकट श्रोतले बताएको छ। पार्टी भित्र जनार्दन शर्मा , योगेश भट्टराई, खगराज अधिकारी लगायतलाई मन्त्रीमण्डलमा सामेल हुने हल्ला चलेपनि हाललाई को को मन्त्रीमण्डलमा जाने हुन भन्न सकिने अवस्था नरहेको पार्टी श्रोतले बताएकोछ।
आज शनिबार प्रधानमन्त्री साताव्यापी युरोप भ्रमणमा निस्किने भएकाले मन्त्रीमण्डल विस्तार प्रधानमन्त्री स्वदेश फिर्ता नभए सम्म नहुने उक्त श्रोतले बताएको छ।