रेमिट्यान्सलाई शेयर बजारमा ल्याउने उपाय खोजौँ : अर्थमन्त्री


अर्थमन्त्री डा युवराज खतिवडाले विप्रेषणबाट प्राप्त भएको रकमलाई शेयर बजारमा लगाउने उपायको खोजीमा लाग्न नेपाल धितोपत्र बोर्ड तथा बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नुभएको छ ।

विप्रेषणबाट प्राप्त हुने रकम घरजग्गालगायत अन्य दैनिक उपभोगका क्षेत्रमा मात्रै खर्च भइरहेकाले सो रकम शेयर बजारमा मात्रै लगाउनसके अर्थतन्त्रमा केही न केही सुधार हुने अर्थमन्त्रीको सङ्केत थियो । नेपाल धितोपत्र बोर्डको २७औँ वार्षिकोत्सवमा मन्त्री खतिवडाले देशको अर्थतन्त्र क्रमशः सबल बन्दै गएकाले त्यसको प्रतिविम्बन शेयर बजारमा पनि देखिने उल्लेख गर्नुभयो । मन्त्री खतिवडाले शेयर बजारलाई अनावश्यकरुपमा बढाउने र घटाउने प्रवृत्तिको निरुत्साहनका लागि पनि सम्बद्ध निकायले ध्यान दिनुपर्ने बताउनुभयो । बजारमा देखिएका अन्योलता हटेको र सुधारको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै उहाँले शेयर खरीद बिक्रीमा लाग्ने पूँजीगत लाभकर ७.५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतमा झार्ने प्रस्ताव गरिएकाले अन्योलता हटेकाले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले शेयर बजारमा महिलाको सहभागिता बढाउनुपर्नेमा समेत जोड दिनुभयो । अर्थमन्त्रीले भन्नुभयो, “हामीले घरजग्गा रजिष्ट्रेशनमा छुट दिएर हे¥यौँ । शहरी घरजग्गामा महिलाको स्वामित्व आठ प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको छ । सानो एउटा सुधारले पनि ठूलो प्रभाव पर्छ ।” शेयर बजारमा महिलाका स्वामित्व लगानी बढाउन अवलम्बन गर्नुपर्ने उपायको गृहकार्य बोर्डले गर्नुपर्ने अर्थमन्त्रीको जोड थियो । कार्यक्रममा बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बोर्डको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई