रिब्दीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ, १२० जनाले पाए रोजगारी


पाल्पाको रिब्दीकोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ । सो कार्यक्रममार्फत स्थानीय तहमा रहेका १२० बेरोजगार युवालार्ई रोजगार प्रदान गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १२० जनाले एक महीनाको अवधिसम्म काम गर्न पाउनेछन् । प्रत्येक कामदारको दैनिक रु ५१७ ज्याला रहेको गाउँपालिका प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले बताउनुभयो । युवाले रिब्दीकोट गाउँपालिकाको जलेश्वर, पालुङ, ठिमुर क्षेत्रमा रही वृक्षरोपण, गह्रा सुधार, बाटो निर्माणलगायतका काममा आजदेखि नै खटिएका छन् । गाउँपालिकाले जलेश्वर मन्दिर क्षेत्रमा जडीबुटी उद्यान बनाउने योजना बनाएको छ । मन्दिर क्षेत्रमा १० हजार टिमुर, दालचिनी र कपाललगायतका जडीबुटी लगाउने कार्यक्रम रहेको छ । बेरोजगार युवाका लागि साउनदेखि आवेदन परेका सबैलाई रोजगारी प्रदान गरिनेछ । रोजगार पाउने व्यक्तिलाई आवश्यक सामग्रीसमेत पूर्वउद्योगमन्त्री तथा पाल्पा निर्वाचन क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेय, प्रदेशसभा सदस्य वीरबहादुर राना, रमा घर्ती, पूर्वसांसद यादवबहादुरले हस्तान्तरण गर्नुभयो । युवालाई आवश्यक प्राथमिक उपचार र झोलालगायतका सामग्री हस्तान्तरण गरिएको छ । गाउँमै रोजगार पाएपछि स्थानीयस्तरमा बेरोजगार रही बसेका युवा खुशी बनेका छन् । पहिलो चरणमा रिब्दीकोट गाउँपालिकाका ५, ६ र ७ नं वडाका बेरोजगार युवाले रोजगार पाउन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई