इरानद्वारा ६ निशानामा एकै पटक प्रत्याक्रमण गर्नसक्ने स्वदेशी हतियार सार्वजनिक


तेहरान, २६ जेठ: इरानले आइतबार स्वदेशमा निर्मित एकै पटकमा ६ निशानामा प्रहार गर्नसकिने हवाई प्रतिरक्षा प्रणालीलाई एक विशेष कार्यक्रमबीच सार्वजनिक गरेको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

“खोर्डाड–१५ नाम दिइएको उक्त हतियारले विरोधीको लडाकू विमानहरूलाई पत्ता लगाई एक तर्फ १५० किलोमिटरको दुरीमा आक्रमणको निशाना लगाउन सक्ने क्षमता राख्नेछ,” हतियार सार्वजनिक समारोहमा रक्षामन्त्री अमिर हतामीको दावीलाई उद्धृत गरी इरानी टेलिभिजनले बताएको छ । इरानको स्वदेशी नयाँ हतियारले विरोधीका लडाकू विमानलाई ड्रोनमार्फत १२० किलोमिटर किलोमिटर टाढासम्म पछ्याउने क्षमता राख्ने दावी पनि हतामीले गर्नुभयो । अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट फिर्ता भई नयाँ प्रतिबन्ध लगाएसँगै इरानले स्वदेशी प्रतिरक्षा प्रणाली (हतियार) को निर्माण गरिरहेको अनुमानहरू गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस  
मोरक्कोमा शक्तिशाली भूकम्प, कम्तीमा २९६ जनाको मृत्यु

मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा २९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला

अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई