एमालेका प्रभावशाली नेता खगराज अधिकारी गृहमन्त्री बन्दै


काठमाडौँ, २७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् विस्तार गर्ने तयारीमा हुनुहुन्छ । एमालेका प्रभावशाली नेता खगराज अधिकारी गृहमन्त्री बन्दै हुनुहुन्छ । प्रधानमन्त्रीले आज गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा अधिकारी प्रभावशाली मन्त्रालय पाउनु भएको हो ।

अधिकारी कास्की १ बाट निर्वाचित संघीय सांसद हुनुहुन्छ । अधिकारी प्रधानमन्त्री ओलीका प्रिय एवं विश्वास पात्र पनि हुनुहुन्छ ।

गृहमन्त्रीमा एमाले युवा नेता महेश बस्नेत र अधिकारीको नाम चर्चामा रहे पनि अधिकारीले बाजी मार्न सफल हुनुभएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस