पहिले र अहिलेको गुठी विधेयकमा तात्विक फरक छैन: मन्त्री अर्याल


प्रस्तावित गुठी विधेयक माथि सांसदहरुले उठाउनु भएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले संविधानमा उल्लेख भएका कुरालाई व्यवस्थित एवं एकरुपता प्रदान गर्न गुठीलाई प्राधिकरणमा लैजान खोजिएको बताउनुभयो ।

“हिजो र आजको गुठी विधेयकमा तात्विक फरक छैन, संविधानलाई सम्बोधन र कार्यान्वयनबाहेक धर्म संस्कृति मासिने गरी विधेयक आएको छैन, कसरी पारित गर्ने माननीयहरुको हातमा छ, परिष्कृत गर्न सरकार तयार छ, सांसदहरुले सनातन धर्म संस्कृति मासिने जुन चिन्ता जाहेर गर्नुभएको त्यस्तो हुन दिँदैनौँ”, उहाँले भन्नुभयो ।

संविधानको एउटा धारा र अनुसूची हेरेर निष्कर्ष निकाल्नु नहुने उल्लेख गर्दै मन्त्री अर्यालले धारा २९० लाई टेकेर नै विधेयक ल्याएको स्पष्ट पार्नुभयो । गुठी अधीनस्थ जग्गामा मोहियानी हक लाग्ने प्रक्रिया विसं २०४१ देखि शुरु भएको सुनाउँदै उहाँले गुठीसँग जोडिएका किसानको हकलाई स्थापित गर्ने विषय पनि विधेयकमा भएकाले सन्देह नगर्न आग्रह गर्नुभयो । मन्त्री अर्यालको जवाफपछि पनि सन्तुष्ट नभएका प्रमुख प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाइरहनुभएपछि १५ मिनेटका लागि सभाको बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई