खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई उपप्रधानमन्त्री उपेन्द्र यादवको आग्रह


काठमाडौँ, २५ चैत : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गर्नुभएको छ । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उहाँले भन्नुभयो, “सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पु¥याउनुहोस् यसपछि तपाईलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ । ”

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजानिक गरेका विभिन्न प्रतिवेदन आज यहाँ सार्वजानिकपछि सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार पूरा गर्न मन्त्रालय प्रतिबद्ध छ भन्नुभयो ।

प्रदेश र स्थानीय तहमा समायोजन भएपछि सङ्घमा आउन ढोका बन्द हुने र सरकारी चिकित्सक सङ्घ (गोदान) सित स्वास्थ्य मन्त्रालयले गरेका सहमति विपरीत समायोजन भएको भन्दै सरकारी चिकित्सक सङ्घमा आवद्ध चिकित्सकले सरकारी अस्पतालमा आकस्मिक बाहेकका आफ्नो सेवा तीन दिनदेखि अवरोध गरिराखेका छन् । कार्यक्रममा उपप्रधानमन्त्री यादवले अनुसन्धानमा आधारित नीति बनाउन मन्त्रालयले ध्यान दिएको चर्चा गर्दै नसर्ने रोग नियन्त्रणमा ध्यान दिन निर्देशन दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नतिजामुखी कामका लागि बजेट अभाव हुन नदिने जानकारी दिँदै समग्र स्वास्थ्य सुधारमा सरकारको लगानी बढाउनुपर्छ भन्नुभयो । परिषद्का कार्यकारी निर्देशक प्रा डा अञ्जनीकुमार झाले मन्त्रालयको आग्रहमा परिषद्ले दश वटा अनुसन्धान सम्पन्न गरेको जानकारी दिनुभयो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले स्वास्थ्यका अनुसन्धानलाई प्रभावकारी बनाउन एकद्वार नीतिको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई