रुसमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थाले


मस्को
२९ जेठ (रासस÷सिन्ह्वा) ः रुसमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संङ्क्रमितहरु बढ्न थालेका बताइएको छ । रुसमा शनिबारमात्रै १३ हजारभन्दा बढी कोरोना सङ्क्रमित फेला परेका छन् । रुसमा गएको २४ घन्टामा यति धेरै सङ्क्रमित भेटिएका हुन् ।

यससँगै रुसमा सङ्क्रमितको संख्या करिब ५२ लाख पुगेका बताइएको छ । रुसका अधिकारीहरुले चार महिनापछि यति धेरै सङ्क्रमित एकै दिन भेटिएका जनाएका छन् ।रुसका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले यही जुन २ तारिखदेखि रुसमा कोरोना भाइरसका सङ्क्रमितहरु थपिदै गएका बताएका छन् ।

ती अधिकारीहरुले शनिबार मात्र यहाँ १३ हजार ५१० जना सङ्क्रमित थपिएका र ती सङ्क्रमितहरु गएको फेबु्रअरी महिनाको २ तारिखपछि अहिले सम्मकै सबैभन्दा धेरै भएको पनि बताइएको छ । यहाँ गर्मीयामको शुरुवातामा मानिसहरु ठूलो संख्यमा जम्मा हुन थालेका र त्यसका कारण पछिल्लो समयमा कोरोनाका सङ्क्रमितहरु पनि बढ्न थालेका पाइएको अधिकारीहरुले जनाएका छन् ।

यहाँ कोरोना भाइरसका कारण १ लाख २६ हजार जना भन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा मात्र यहाँका कम्तीमा ३९९ जनाको ज्यान गएको पनि बताइएको छ । यहाँका अधिकारीहरुले रुसमा दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिएको पनि बताएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस  
‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

राष्ट्रसङ्घीय महासचिवद्वारा अफगानिस्तानमा भएको हमलाको निन्दा   

संयुक्त राष्ट्रसङ्घ, १६ साउन (रासस÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको हेरातमा भएको हमलाको

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने   

वासिङटन, १५ साउन (रासस÷एएफपी) ः अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने

अफगान सुरक्षाबलको कारबाहीमा परी २३ तालिबान लडाकू मारिए   

मैमाना, अफगानिस्तान १४ साउन (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकू

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई