महिला मित्रको लागि विमान अपहरणको हल्ला फैलाउनेलाई आजिवन काराबासको फैसला


भारतको सर्वोच्च अदालतले विमान अपहरणको हल्ला फैलाउने मुम्वईका एक व्यापारीलाई जन्मकैदको फैसला सुनाएको छ। अक्टोबर २०१७ मा मुम्बइ दिल्ली उडानको क्रममा रहेको विमान अपहरण भएको र विमानको कार्गोमा बम भएको एक नोट विमानको शौचालयमा फेला परेपछि उक्त विमानलाई अहमदाबादमा आकस्मिक अवतरण गराइएको थियो। अनुसन्धानमा मुम्बईका गहना व्यापारी बिरजु सल्लाले घटना घटाएको खुल्न आए पछि उनलाई अहमदाबाद प्रहरीले पक्राउ गरेको थियो।

जेट एयरवेजको दिल्ली स्थित कार्यलय बन्द गराउने उनको योजना रहेको थियो। जेट एयरवेजको दिल्ली स्थित कार्यलब बन्द भएमा मुम्बई छाडेर दिल्लीमा बसोबास गर्दै आएकी उनकी महिला मित्र पुनः मुम्बई फर्किने उनले अनुमान लगाएका थिए। उक्त घटना पश्चात जेट एयरवेजले उनलाई ५ बर्षको लागि उडानमा प्रतिवन्ध लगाएको थियो भने नागरिक उड्डयन मन्त्रीले उनलाई “नो फ्याइङ्गि लिष्ट” मा राख्न सुझाव दिएका थिए।

सर्वोच्च अदालतले उनलाई एन्टी हाइज्याकिङ्ग कानुन अन्र्तगत दोषी करार गर्र्दै आजन्म “नो फ्याइङ्गि लिष्ट” मा राख्ने र ५ करोड जरिवाना गर्ने समेत फैसला सुनाएको छ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई