भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड ९४ लाख ३९ हजार ९८९, संक्रमणका कारण मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ७० हजार ३८४


नयाँ दिल्ली
नयाँ दिल्ली, ३० जेठ (रासस-एएनआई) : भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप ८० हजार ८३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

“एकैदिनमा यति मानिस सङ्क्रमित भएको ७१ दिनपछिकै सबैभन्दा थोरै हो,” केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको देखिएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड ९४ लाख ३९ हजार ९८९ पुगेको छ ।

सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा दैनिक ५ प्रतिशतले कमी हुँदै आएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ७० हजार ३८४ पुगेको छ । ती मध्ये तीन हजार ३०३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतमा एक दिनमा एक लाख ३२ हजार ६२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ८० लाख ४३ हजार ४४६ पुगेको छ ।

कोरोनाभाइरस विरुद्ध भारतभरी अहिलेसम्म २५ करोड ३१ लाख ९५ हजार ४८ खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ ।
––

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई