वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँठाउँमा मेहिनत गरेर व्यावसायिक खेतीमा लाग्नुपर्छ : वरिष्ठ नेता नेपाल


नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मधेशमा विपन्न परिवारका लागि दाईजो प्रथा बोझ भएको बताउनुभएको छ ।

हरिपुर नगरपालिका–६ लक्ष्मीपुर कोद्राहास्थित सार्वजनिक माध्यमिक विद्यालयमा आयोजना गरिएको ईद मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले दाइजो प्रथा मधेशका लागि अभिशाप भएको बताउनुभयो ।

उहाँले दाइजो प्रथालाई हटाई शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले दाइजो प्रथा हटाउन सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रुपमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

“दाईजो प्रथा मधेसका विपन्न समुदायको बोझका रुपमा रहेको छ, दाइजोकै कारण अहिले छोरीहरुलाई जन्मै नदिई गर्भमै मार्ने पनि गरिएको छ, दाइजोमा लाग्ने पैसा छोरीको शिक्षामा लगायौँ भने उनको जीवन सुन्दर बन्न सक्छ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले जुन जातमा बढी दाइजो प्रथा छ, त्यसको पहिचान गरी सबै मिलेर हटाउनुपर्नेमा जोड दिनुभयो । नेता नेपालले देशलाई समृद्ध बनाउन युवाले आफ्नै देशमा मिहिनेत गर्नुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँठाउँमा मेहिनत गरेर व्यावसायिक खेतीमा लाग्नुपर्ने उहाँले सुझाउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई